५१ अर्ब संकलन, ८ अर्ब दावी भुक्तानी

  २०८१ जेठ १३ गते १९:२८     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषले ५१ अर्ब बढी रकम संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को फागुन मसान्तसम्म सामाजिक सुरक्षा कोषले ५१ अर्ब १४ करोड रुपैयाँ संकलन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ७१ करोड रुपैयाँ संकलन गरेको थियो । गत वर्षको तुलनामा कोषले ६६.५२ प्रतिशत रकम संकलन बढाएको हो ।

सामाजिक सुरक्षा कार्यक्रमका ४ शीर्षकमध्ये फागुनसम्म ‘औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना’ शीर्षकमा सबैभन्दा बढी ६७.५ प्रतिशत, ‘वृद्ध अवस्था सुरक्षा योजना’ शीर्षकमा २६.३ प्रतिशत र अन्य दुई शीर्षकमा ६.२ प्रतिशत दावी परेको कोषले जनाएको छ ।

गत फागुनसम्म २ लाख ८९ हजार ५३९ योगदानकर्ताको करिब ८ अर्ब १२ करोड ११ लाख पैयाँ दावी भुक्तानी गरेको मन्त्रालयको तथ्याङ्क छ । यस अवधिसम्म दावीबापत भएको कुल भुक्तानीमध्ये ‘वृद्ध अवस्था सुरक्षा योजना’ शीर्षकमा ८५.४ प्रतिशत, ‘औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना’ शीर्षकमा ११.६ प्रतिशत र अन्य २ शीर्षकमा ३ प्रतिशत भुक्तानी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.