महालक्ष्मी लाईफ इन्स्योरेन्सका अध्यक्ष रमण शर्माले लिए सपथ

<p>काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्स नव निर्वाचित अध्यक्ष मनोरञ्जन रमण शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष सपथ ग्रहण लिएका छन् । शर्माले मंगलबार बीमा समितिकाे सभाहलमा सपथ ग्रहण लिएका हुन् । उक्त अवसरमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेल, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराइ लगायतकाे उपस्थिति रहेकाे थियाे । उक्त इन्स्योरेन्सको नव निर्वाचित संचालकहरुको साेमबार [&hellip;]</p>

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्स नव निर्वाचित अध्यक्ष मनोरञ्जन रमण शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष सपथ ग्रहण लिएका छन् । शर्माले मंगलबार बीमा समितिकाे सभाहलमा सपथ ग्रहण लिएका हुन् ।

उक्त अवसरमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेल, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराइ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

उक्त इन्स्योरेन्सको नव निर्वाचित संचालकहरुको साेमबार बसेको बैठकले संचालक  शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको थियाे । साधारण सभा सम्पन्न भै सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा शर्मालाई मनोनयन गरेको हो ।

फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो ।

सम्बन्धित समाचार

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको आईपीओ जारी गर्ने, सञ्चालकमा ५ जना निर्वाचित

Share News