अल्का अस्पतालमा अबदेखि इसेवाबाट अनलाइन अपोइन्टमेन्ट लिन सकिने

  २०७७ माघ १८ गते १६:३०     विकासन्युज

काठमाडाैं । अल्का अस्पताल इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा आवद्ध भएको छ । योसँगै अल्का अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।

ई– अपोइन्टमेन्ट सेवा दिने विषयमा अल्का अस्पतालका तर्फबाट सिओओ सिए दिपेन्द्र पोखरेल र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले हस्ताक्षर गरे ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको अस्पतालले जनाएकाे छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुने अस्पताल बताउँछ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.