महासंघका नव निर्वाचित पदाधिकारीले लिए सपथ, अध्यक्ष बने शेखर गाेल्छा

  २०७७ मंसिर १४ गते १८:३०     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुले महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले शपथ ग्रहण गराएकी हुन् ।

सर्वप्रथम निवर्तमान अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्ष एवम् अहिलेको कार्यकालका अध्यक्ष शेखर गोल्छालाई सपथ ग्रहण गराएकी थिइन् ।

त्यसपश्चात गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकालसहित अन्य पदाधिकारी एवम् सदस्यहरुलाई सपथ गराएका थिए ।

आइतवार (आज) बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन् । महासंघको नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन भएको थियो ।

महासङ्घको निर्वाचन समितिका अनुसार विजयी भएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाएका थिए । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरे। त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्लारनगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गरे।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरे ।

यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

यस्तै एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् ।  संघाईले ४५५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सौरभ ज्योतीले ४३४ मत प्राप्त गरे ।

वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका थिए । उनका प्रतिद्वन्दी उमेशलाल श्रेष्ठलाई पराजित गर्दै यनी विजयी भएका थिए । यस्तै जिल्ला नगरतर्फ गुणनिधि तिवारीलाई पराजित गदै दिनेश श्रेष्ठ विजयी भएका थिए ।

महासंघको प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले सबै निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

सम्बन्धित समाचारः

आजबाट महासंघको अध्यक्ष शेखर गोल्छा, यस्तो बन्यो नयाँ कार्यसमिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.