जिल्ला नगरपनि प्रधान समूहकै पोल्टामा, उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी, सदस्यमा क-कसले जिते ?

  २०७७ मंसिर १३ गते २३:००     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । उनी आफ्ना प्रतिद्वन्दी गुणनिधि तिवारीलाई पराजित गर्दै विजयी भएका हुन् । उनले ५८ र तिवारीले ४७ मत ल्याएका छन् । उनी प्रधान प्यानलबाट उम्मेद्वार बनेका हुन् ।

श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनको कपि तथा स्टेसनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, प्रिन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेको छ ।

महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा पनि प्रधान समूहकै अन्जन श्रेष्ठ विजयी भएका छन् ।

 

सम्बन्धित समचार:

महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

ढकाल भर्सेज प्रधानः वस्तुगततर्फ बराबर सदस्य विजयी, जित्ने सम्भावना कसको बढी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.