काठमाडौं । डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन् । अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन् ।
दिउँसो ट्रमा सेन्टर पुर्याइएका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन् । ९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट आएका थिए । उनी त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले उनलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो ।
केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल सारिएको हो ।
केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए ।
सम्बन्धित समाचारः
डा. गोविन्द केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो