डा. खतिवडाको सांसद पद गयो, राष्ट्रियसभामा अब बामदेव गौतम

  २०७६ फागुन १४ गते १३:४७     विकासन्युज

काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रियसभाको सांसद बनेका डा. युवराज खतिवडाको सांसद पद गएको छ । डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने निर्णय सत्तारुढ नेकपाले गरेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा. खतिवडाको कार्यकाल २० फागुनमा सकिँदैछ । डा. खतिवडालाई सांसद नबनाउने नेकपाको निर्णयसँगै अब उनको अर्थमन्त्री पद पनि जाने भएको छ ।

डा. खतिवडा सांसद बन्नुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएका थिए । डा. खतिवडा मन्त्री बनेपछि मात्रै राष्ट्रियसभाको सांसदमा मनोनित भएका थिए ।

प्रतिनिधिसभा वा राष्ट्रियसभाको सांसद नभएको व्यक्ति पनि ६ महिनाको लागि मन्त्री बनाउन पाइने संबैधानिक व्यवस्था अनुसार डा. खतिवडालाई मन्त्री बनाइएको थियो । निजी क्षेत्र तथा सत्तारुढ नेकपाका नेता कार्यकर्ताले समेत नरुचाएका डा. खतिवडा प्रधानमन्त्री ओलीको जोडबलमा मन्त्रीमा टिकिरहेका थिए ।

अब प्रधानमन्त्रीले अति जोडबल गरे पनि डा. खतिवडालाई बढीमा ६ महिना मात्रै मन्त्री बनाउन सक्नेछन् । तर, सचिवालयमा आफै अल्पमतमा परेका प्रधानमन्त्री ओलीले गैरसांसदलाई मन्त्री बनाइरहन कठिन छ । त्यसैकारण डा. खतिवडाको मन्त्री पद पनि जाने देखिन्छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (१४ फागुन) बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

मन्त्रीपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, अब को आउला नयाँ अर्थमन्त्री ?

प्रधानमन्त्री ओली डिसेसिभबाट डिफेन्सिभ अवस्थामा, अर्थमन्त्री नदोहाेरिने सम्भावना, अबको गभर्नर को ?

मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य, अर्थमन्त्रीमा नारायणकाजीको सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.