ब्रिजस्टोनको पहिलो शोरुम काठमाडौंको ज्ञानेश्वरमा, टायरकाे सम्पूर्ण सेवा सुविधा पाइने

  २०७६ माघ १५ गते १७:३१     विकासन्युज

काठमाडौं । जापानी रबर कम्पनीद्वारा उत्पादित ब्रिजस्टोन टायरको अधिकृत वितरक एटिसि प्रालिले काठमाडौंको ज्ञानेश्वरमा नयाँ शोरुम विस्तार गरेकाे छ । नेपालमै पहिलो पटक विस्तार गरिएको उक्त शोरुमको शुभारम्भ बुधबार(माघ १५ गते) बाट भएको हो ।

जहाँ एकै छाना मुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । त्यस्तै, डिजिटल टायर हेल्थ परिक्षण, दुई चरणमा व्हील अलाइन्मेन्ट, अन्तर्राष्ट्रिय स्तरको सिजर लिफ्ट, व्हील सन्तुलन, नाइट्रोजन हावा भर्ने, टायर परिवर्तन, फिटिङ्ग तथा रोटेशन जस्ता सेवा सुविधाहरु यस केन्द्रमा उपलब्ध छन् ।

केन्द्रले आउँदा दिनहरुमा गाडिको ब्याट्री परिवर्तन, एसीमा ग्यास भर्ने सेवाहरु पनि दिनेछ । कम्पनीले निकट भविष्यमै देशका विभिन्न ठाउँहरुमा यस्ता किसिमका बिक्री तथा सेवा केन्द्रहरु आवश्यकता अनुरुप विस्तार गर्दै लैजाने योजना बनाएको छ ।

एटिसि प्रालि वि.सं. २०१६ देखि नै ब्रिजस्टोन टायरको नेपालको लागि आधिकारीक वितरकको रुपमा रही निरन्तर ग्राहकमूखी सेवा दिंदै आएको कम्पनी हो । नेपालभर रहेका आफ्नो बिक्री वितरण सञ्जालमार्फत अर्थमुभर्स, ट्रक तथा बस, एसयुभी र अन्य यात्रु कार हरुको टायर बिक्री गर्दै नेपाली बजारमा एक छुट्टै पहिचान बनाउन सफल भएको छ ।

ब्रिजस्टोन सन् १९३१ मा जापानको टोकियोमा यसको कर्पोरेट कार्यालयको साथ स्थापित भएको थियो । यो ब्रान्ड टायर बिक्री र ग्राहक ब्रान्ड भ्यालु आधारमावर्ल्ड रबरद्वारा विश्वमा नम्बर १ घोषणा गरिएको ब्रान्ड हो । कम्पनीले विश्वभर १५० भन्दा बढी देशहरुमा ५७ टायर निर्माण संयन्त्रद्वारा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले आयोजना गरेको भेटघाट कार्यक्रममा कम्पनीका प्रबन्धक निर्देशक मनोज सेठियाले नेपालको सडकहरुको अवस्थालाई ध्यानमा राख्दै उक्त शाेरूम खाेलिएकाे हाे । साथै, गाडी चालकहरुले गाडीको समग्र प्रफर्मेन्समा टायरको भुमिका र महत्व धरै हुने भएकाले यस बारे बुझ्न आवश्यक रहेको उनले बताए ।

नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको टायर बिक्री तथा सेवाहरु एकै छाना मुनि उपलब्ध भएको सेवा केन्द्रबाट गाडीधनी तथा चालकहरुले सेवा सुविधा लिई समय र पैसाको बचत गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.