चाइना आउट बाउण्ड पर्यटकलाई नेपाल भित्र्याउन मार्केटिङ गर्न पाइने, पाटा र कोट्रीबीच साझेदारी सम्झौता

  २०७६ मंसिर २३ गते १७:०४     विकासन्युज

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले चाइना आउट बाउण्ड पर्यटकहरुलाई नेपालमा भित्र्याउन आवश्यक मार्केटिङ तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्न पाउने भएको छ ।

पाटाले अनुसन्धान मार्फत आवश्यक ज्ञान र तथ्य सम्प्रेषण तथा वितरण लगायत मानव संसाधन विकास सम्बन्धी तालिम तथा कार्यशाला आयोजना गर्ने कार्यहरुमा चाइना आउट बाउण्ड टुरिजम रिसर्ज इन्स्टिच्यूट (कोट्री) सँग रणनीतिक साझोदारको रुपमा सहकार्य गर्ने भएको छ ।

यही डिसेम्बर ६ तारिखका दिन नयाँ दिल्लीस्थित द पार्क होटलमा पाटा इण्डिया च्याप्टरद्धारा आयोजित ‘टुरिजमपावर हाउस’कार्यक्रममा सहभागी हुँदै गर्दा पाटा नेपालका अध्यक्ष सुनिल शाक्य र कोट्रीका सीईओ प्रोफेसर डा.वोल्फ ग्याङगले सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कोट्री चाइनाको आउड बाउण्ड पर्यटन बजारको सन्दर्भमा अनुसन्धान, जानकारी, तालिम, गुणस्तर निर्धारण तथा परामर्श प्रदानगर्ने विश्वकै अग्रणी एवम् प्रख्यात रिसर्च इन्स्टिच्यूट हो ।

पाटा नेपालद्धारा कोट्रीसँगको दिर्घकालिन सहकार्य गर्ने सम्झौता, नेपालका लागि विश्वकै सबैभन्दा ठूलो पर्यटन स्रोत बजार (चाइना) मा रहेको बृहत अवसर र सम्भाब्यतालाई उर्जागर गर्न एक महत्वपूर्ण कदम भएको पाटा नेपालका महासचिव विभुतीचन्द ठकुरीले जानकारी दिएका छन् । उनले पाटा नेपाल र कोट्रीको सहकार्य आगामी वर्ष २०२० फेब्रुअरी २२ देखि २५ सम्म काठमाडौँमा आयोजना हुने नाईस (नेपाल इण्डिया चाहिना एक्सपो) देखि शुरुवात भई निरन्तर रुपमा अगाडि बढ्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.