ललितपुरका सरकारी निकायका उच्च पदस्थ अधिकृतहरुलाई संघमा स्वागत

  २०७६ साउन २३ गते १९:१३     विकासन्युज


काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण लाल महर्जनको सभापतित्वमा बिहीबार संघको सचिवालयमा ललितपुर जिल्लाका सरकारी निकायका उच्च पदस्थ अधिकृतहरुलाई स्वागत एवं सम्मान गरिएको छ ।

कार्यक्रममा संघका अध्यक्ष महर्जनले उद्योग व्यवसायीहरुको एकमात्र छाता संगठन ललितपुर उद्योग वाणिज्य संघले उद्योग तथा व्यापार व्यवसायको संरक्षण, सम्वद्र्धन, आर्थिक तथा सामाजिक विकासको लागि विगत ५३ वर्ष देखि निरन्तर कार्य गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल वार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, भैरव गण लेलेका प्रमुख सेनानी गणेश रावल, जिल्ला प्रशासन कार्यलय ललितपुरका उपअनुसन्धान अधिकृत अर्जुन भण्डारी र घरेलु तथा साना उद्योग कार्यालय पाटन औद्योगिक क्षेत्रका प्रमुख उद्योग अधिकृत अम्विका ज्ञवालीले उद्योग व्यवसायको विकासका साथै सरकारी निकाय र व्यवसायीबीच राम्रो सम्बन्ध बनाई राख्न उदाहरणीय बन्ने बताए ।

कार्यक्रममा प्रहरी निरीक्षक चन्चला श्रेष्ठ र महानगरीय प्रहरी प्रभाग मंगलबजारमा करिव १५ महिना बसी जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीमा सरुवा भएका प्रहरी निरीक्षक केशरकुमार न्यौपाले समेत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.