स्याङ्जाको बिर्घामा आशा लघुवित्तले सञ्चालन गर्यो सिपमूलक तालिम

  २०७६ असार २७ गते ९:१९     विकासन्युज


काठमाडोँ । आशा लघुवित्त वित्तीय संस्थाले असार २४, २५ र २६ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय बिर्घा स्याङ्जामा आबद्ध सदस्यहरु मध्ये ८१ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा
लुगा धुनेसर्फ तथा साबुन बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै कालिगण्डकी गाउँपालिका वडा नं. ४ का अध्यक्ष चक्रपाणी पाण्डेले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशील बन्न थप सहयोग पुग्ने बताए ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय
संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै १,५५६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.