शाओमीद्वारा नेपालमा रेडमी नोट ७ प्रो सार्वजनिक, यस्ता छन् विशेषता

  २०७६ असार २२ गते १७:२५     विकासन्युज

काठमाडौं । शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक गरेको छ । रेडमी नोट लाइनअपको डेब्यूदेखि नै यो फोनले विरता संगणनामा धेरै ठूलो अप्ग्रेड ल्याएको छ ।

यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने–‘रेडमी नोट ७ प्रो, रेडमी नोट लाईनको एक उल्लेखनीय अनुवृद्धि हो जसले जीवनको मुल दर्शनलाई र सबैका लागि नवीनतम सृजना ल्याएको छ । रेडमी नोट ७ प्रो मा सोनीको ४८ एमपी शक्तिशाली क्यामेरा रहेको छ जसलाई क्वालकम स्न्यापड्रेगन ६७५ ले सुसज्जित गरेको छ र यसमा आश्चर्यजनक औरा डिजाइन रहेको छ ।’

रेडमी नोट ७ प्रोमा अहिलेसम्मकै रेडमी सिरिजको सबैभन्दा शक्तिशाली औरा डिजाइनको अवधारणा रहेको छ जसले अझै धेरै कौशल, चम्किलो र प्रिमियम शैलीका लागि डिजाइनमा महत्वपूर्ण परिवर्तन ल्याएको जनाएको छ । यसको अघिल्लो र पछिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ सँगै रेडमी नोट ७ प्रो स्टाईल तथा फङसन भन्दा भिन्न छ ।

रेडमी नोट ७ प्रो-४८ एमपी क्यामेरा बिस्ट
रेडमी नोट ७ प्रो ग्रेडियन्ट डिजाइन जस्ता विशेषता रहेका छन् र यो स्पेस ब्ल्याक, नेबुला रेड तथा नेप्चुन ब्लु कलरहरुमा उपलब्ध रहेको छ ।

औरा डिजाइनल भएको रेडमी नोट ७ प्रो मा कलर र गोरिला ग्लास ५ मात्र नभएर सम्पूर्ण पूर्जाहरु एकसाथ मिलेर रेडमी नोट ७ प्रोलाई एक सुन्दर कार्यात्मक यन्त्र वा उपकरण बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.