मोन्डे सेलेक्सन २०१९ मा रुस्लानले जित्यो ग्रान्ड गोल्ड क्वालिटी अवार्ड

  २०७६ जेठ २८ गते १९:०२     विकासन्युज

काठमाडौँ । रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७ औं मोन्डे सेलेक्सन अवार्डमा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ । अवार्ड स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुप जस्ता पाँच विभिन्न मापदण्डमा आधारित थियो ।

मोन्डे सेलेक्सन विश्वभरिका प्रसिद्ध विशेषज्ञहरू, सेफहरू, वाइन विज्ञहरू (ओनोलोजिष्ट र सोम्मेलेयरहरू), मदिरा उत्पादन विज्ञ इन्जिनियर (ब्रुइङ इन्जिनियर) र मास्टर ब्लेन्डरहरूको सहभागितामा उत्पादनको भित्री गुणस्तरको अन्तर्राष्ट्रिय वैज्ञानिक र कानुनी दृष्टिकोणबाट आँकलनका लागि सन् १९६१ मा सुरु गरिएको हो ।

रुस्लान अल्ट्रा प्रिमियम भोड्का हालैमात्र अर्थात २०७५ मंसिर (सन् २०१८ डिसेम्बर)मा मात्र बजारमा ल्याइएको हो । भोड्का उपभोक्ताबीच पहिलो रोजाईको रुपमा बजारमा तीव्र रूपमा कारोबार भइरहेको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने ।

ग्रुपका कार्यकारी निर्देशक सशीन जोशीले भने–“हामी स्रोतबाट उत्तम कच्चापदार्थहरू ल्याएर उत्कृष्ट मदिराजन्य उत्पादनको ब्लेन्डिङ तयारी गर्नका लागि निकै समय लगाउनुका साथै धेरै मेहनत गर्ने गर्छौं । यो अवार्ड गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू प्रतिको हाम्रो प्रतिबद्धता र नेपाली मदिराजन्य उत्पादनमा उत्कृष्टताको उदाहरण हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.