दराजको नववर्ष धमाका क्याम्पेन बुधबारदेखि शुरु हुँदै

  २०७५ चैत २६ गते १८:०९     विकासन्युज

काठमाडौं । नयाँ वर्ष २०७६ को उपलक्षमा दराजले उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज नववर्ष धमाका अभियान ल्याएको छ । दराजको यो अभियान चैत २७ गतेदेखि वैशाख ४ सम्म लागू हुनेछ ।

नयाँ दराज एपबाट हुने यस ८ दिने सेल्स अभियानद्वारा उपभोक्ताहरुले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६०% सम्मको छूट, ५ हजार रुपैयाँको मेगा भौचरहरु, ४ हजार सम्मको क्रेजी भौचरहरु, क्रेजी फ्ल्यास सेल्स, मिस्ट्री बक्सर अन्य उपहारहरु प्राप्त गर्न सक्ने जनाइएको छ ।

उपभोक्ताहरुले मिस्ट्री बक्स् खरीद गरी लक्की ड्र मा भाग लिन पाउने छन् । जसमा एक भाग्यशाली उपभोक्ताले ३२ इन्चको नयाँ भिडियोकन एन्ड्रोइड स्मार्ट टीभी जित्ने छन् । साथै नयाँवर्षमा घुम्न रुचाउनेहरुका लागि पनि दराजले बाली, पोखरा, चितवन जस्ता अन्य पर्यटकीय गन्तव्यहरुका लागि आकर्षक हलिडे प्याकेजेहरुको व्यवस्था गरेको छ ।

दराजको नववर्ष धमाका अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक जय कवीले भने–‘सबैजना यस क्याम्पेनलाई लिएर निकै उत्साहित छन् । आगामी वर्षमा आउने हाम्रो अरु क्याम्पेनहरु मध्ये यो पहिलो हो । यस क्याम्पेनद्वारा हामी उपभोक्ताहरुलाई नयाँवर्ष २०७६ को उपलक्षमा रमाइलो र अनुपम किनमेलको अनुभव प्रदान गर्ने आशा गर्दछौँ ।’

दराज नववर्ष धमाका अभियान अन्तर्गत उपभोक्ताहरुले चुनिएका महिला र पुरुषका फेसन, घरायसी उपकरणहरू, मोबाइल फोनहरू, खाद्य–सामग्रीहरू, जीवनशैली, सौन्दर्य र अरू धेरै सरसामानहरूमा छुटको व्यवस्था गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.