मिसन लगानी सम्मेलनः विदेशी लगानीकर्ता फकाउने ३ कानूनमा लालमोहर

  २०७५ चैत १४ गते ८:३४     विकासन्युज

काठमाडौं । विदेशी लगानीकर्ता लक्षित ३ कानूनमा लालमोहर लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ ३ वटा कानु्नमा लाल मोहर लगाएकी हुन् । संसदको दुबै सदनबाट पारित भएका ऐनहरु राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्ने व्यवस्था रहेको छ ।

त्यस्तो कानुनमा राष्ट्रपतिलाई आंशका लागेमा भने पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने सुविधा समेत राष्ट्रपतिसँग रहेको हुन्छ । सरकारले लगानी सम्मेलनका लागि भन्दै सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, विशेष आर्थिक क्षेत्र ऐन, २०७३ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ छोटो बाटोबाट ल्याएको थियो । चैत १५ र १६ गते हुने लगानी सम्मेलनदलाई सरकारले आर्थिक समृद्धिको यात्राको प्रस्थान विन्दुका रुपमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.