बीमा इन्स्टिच्यूटले दियो ३२८ कर्मचारीलाई तालिम, ग्रामीण भेगमा बीमा पोलिसीबारे जानकारी गराइने

  २०७५ फागुन १८ गते १४:०८     नबिन पोखरेल


काठमाडौ । बीमा इन्स्टिच्यूटले ३ सय २८ जना कर्मचारीलाई तालिम दिएको छ । इन्स्टिच्यूटले सुरुवातमा बीमा समितिका १७ जना कर्मचारीलाई तालिम प्रदान गरेको हो ।

हालसम्म बीमा इन्सिच्यूटले १४ वटा तालिम कार्यक्रम सम्पन्न गरेको पाईन्छ । अहिले तालिम कार्यक्रम सोही बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुमा मात्र लक्षित रहेको छ । आगामी दिनमा बीमा समितिको निर्देशन पाएमा कार्यक्रम मार्फत सर्भेयरलाई समेत तालिम दिने उदेश्य बीमा ईन्स्च्यिूटले राखेको पाईन्छ ।

तालिम कार्यक्रम जीवन बीमा, निर्जीवन बीमा तथा पूनर्बीमाका विषयमा छलफल हुने गरेको छ । बीमा समितिमा नव नियुक्त कर्मचारीले तालिम मार्फत आवश्यक ज्ञान हासिल गरेका छन् भने सुपरभाईजर समूहमा समेत तालिम संचालन भएको छ । बीमा क्षेत्रका विभिन्न संस्थाका प्रमुखकालागि समेत माग भएका विषय अनुरुप तालिम हुँदै आएको छ ।

तालिम किन आवश्यक ?
बीमा क्षेत्रलाई व्यवसायिक बनाउन तालिमको आवश्यकता रहेको छ । यस्तै, बीमा क्षेत्रमा पारदर्शिता कायम गर्नपनि तालिमले महत्वपूर्ण भुमिका खेल्छ । साथै, दक्ष जनशक्तीको निर्माण गर्नलाई पनि तालिम आवश्यक रहेको बीमा ईन्स्टिच्यूटले जानकारी दिएको छ ।

तालिमको खर्च भने सम्झौता अनुसार कायम हुन्छ । सम्झौतामा बीमा क्षेत्रमा नयाँ पुराना कुन वर्गको व्यक्तीलाई तालिम दिने भन्ने कुरा तोकिएको हुन्छ । साथै कुन स्तरको तालिम हो सोही अनुसार खर्च लाग्ने जानकारी पाइएको छ । सम्झौता भने तालिम लिनु अगावै गर्ने गरिन्छ ।

बीमा समितिका पूर्व अध्यक्ष, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतका व्यक्तीत्वले तालिम दिने गरेको पाईन्छ ।
बीमा समितिका सहायक निर्देशक गणेश शर्माले बीमा ईन्स्टिच्यूटले प्रदान गर्ने तालिम मार्फत ग्रामीण भेगमा समेत बीमाका पोलिसीका बारेमा जानकारी होस् भन्ने हाम्रो उद्देश्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.