किङ्स लाउन्जले पोखराको लेकसाइडमा पहिलो शाखा खेल्ने, सेवा शुरु गरेको वर्ष दिन पुरा

  २०७५ फागुन १ गते १९:२५     विकासन्युज

काठमाडौं । किङ्स लाउन्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा आगामी बैशाख १ गतेदेखि पोखराको लेकसाईडमापारिवारिक वाताबरणमा आधुनिक लाउञ्ज सञ्चालनमा ल्याउन लागिएको हो ।

पहिलो वर्षको समाप्तिसँगै पहिलो शाखाका रुपमा पोखराबाट सेवा सुरु गर्न लागिएको भन्दै किङ्स लाउञ्ज व्यवस्थापनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको छ । काठमाडाैंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई अझै परिष्कृत रुपमा पोखराका सेवाग्राहीलाई सेवा दिने लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए ।

काठमाडौंको दरबारमार्गमा अवस्थित किङ्स लाउन्जले ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै सेवा विस्तारलाई तिब्र पारेको श्रेष्ठको भनाई छ । यसैगरी प्रेम दिवसको दिन मंगोलियन हर्टले दरबारमार्गस्थित किङ्स लाउन्जमा प्रस्तुती दिने भएको छ । मंगोलियन हर्टका राजु लामाले व्याण्डको सिरिज कन्सर्ट अन्तरगत किङ्स लाउन्ज दरबार मार्गमा सांगितिक प्रस्तुती दिन लागेका हुन् । प्रेम दिवशका दिन साँझ ६ बजेदेखि लामाले आफ्नो व्याण्डको साथमा सांगितिक प्रस्तुती दिने छन् ।

लाउञ्जले दिउसोको समयमा आउने ग्राहकहरुलाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । लाउञ्जले बिहान ११ बजेदेखि राती साढे १२ बजेसम्म सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.