गौरवका आयोजना निर्माणमा ढिलाइ, आयोजना प्रमुख र छोटो अवधिको सरकार कारक

  २०७५ माघ १ गते १४:३९     विकासन्युज

काठमाडौं । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा “पार्वती”ले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय र छिटो सम्पन्न गर्न समितिले दबाब दिइरहेको बताए ।

राज्यको तहगत संरचना र राष्ट्रिय गौरवका आयोजनामा केन्द्रीत भई सरकारले २१ वटा महत्वपूर्ण गौरवका आयोजनाको घोषणा गरेको छ ।

सरकार आवश्यक बजेट दिएता पनि काम नभएको भन्दै थापाले ती आयोजना समयमा सम्पन्न हुन नसक्नुको कारण आयोजना प्रमुखको फेरवदल,बन्द हड्ताल, छोटो अवधिका सरकार रहेको बताए ।

यी आयोजनालाई तोकिएको समयमा गुणस्तर कायम गर्ने हिसाबले सम्पन्न गर्नका लागि केन्द्रीत भएको बताए । सभापति थापाले धेरैजसो त्यस्ता आयोजनाको समय सीमा सकिएको भन्दै काममा ढिलासुस्ती भएको भन्दै भनाई राखेका थिए ।

अहिले सम्म २० वटा गौरवका आयोजनाका सरोकारवालासँग समितिले छलफल गरिसकेको छ । भेरी बबई डाइभर्सन, पोखरा विमानस्थल, लुम्बिनी गौतमबुद्ध विमानस्थलमा दु्रतगतिमा काम भइरहेको छ । आयोजना रहेका रक्षाबाहेकका सबै मन्त्रालयसँग छलफल गरिसकेको जानकारी दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.