नक्सा पास भएका पाँच राष्ट्रिय सम्पदाकाे पुन निर्माण अझै अन्याेल

  २०७५ मंसिर २८ गते १७:२२     विकासन्युज

काठमाडौँ । भूकम्पले क्षतिग्रस्त पाँच सम्पदा स्थल पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन ।

साढे तीन वर्ष वितिसक्दा समेत खिचापोखरीको रणमुक्तेश्वर, टुँडिखेलको महाङ्काल मन्दिर, भक्तपुरको जङ्गम मठ, थापाथली कालमोचन घाटको जँग–हिरण्य–हेम–नारायण मन्दिरसँगैको सत्तल र वसन्तपुरको कुमारी घर पुनःनिर्माण कहिले हुने निश्चित भएको भएको छैन ।

उक्त सम्पदा स्थलको प्रारम्भिक अध्ययनका लागि पुरातत्व विभागको स्वीकृतिमा गुठी संस्थानलाई जिम्मेवारी दिइएको थियो । रु १२ लाख खर्च गरेर परामर्शदाता नियुक्त गरी नक्सा समेत बनाइसकेको उपप्रशासक दीपकबहादुर पाण्डेले बताएका छन् । पुनःनिर्माणका लागि स्वीकृति नआउँदा ती सम्पदा अलपत्र बनेका छन् ।

रणमुक्तेश्वर पुनःनिर्माणका लागि रु १४ करोड ६२ लाख २४ हजार, महाङ्काल मन्दिरका लागि रु २८ लाख ३० हजार, जङ्गम मठका लागि रु १३ करोड ९२ लाख, जँग–हिरण्य–हेम–नारायण सत्तलका लागि रु १३ करोड र कुमारी घरका लागि रु सात करोड ६८ लाख लाग्ने अनुमान गरिएको थियो ।
संस्थानले बनाएको नक्सा विभागले पास गरेपनि पुनःनिर्माण र नियमित दुबै बजेटमा समावेश नगरेको उपप्रशासक पाण्डेको भनाई रहेको छ । भक्तपुरको जङ्गम मठ भारत सरकारको अनुदानमा बन्ने सम्पदाको सूचीमा रहेको जानकारी दिँदै महाङ्काल (शनिदेव) मन्दिर र सङ्कटा मन्दिर गुठियारले नै बनाउन प्रस्ताव गरेका छन् ।

महाङ्काल मन्दिर अघि मूल सडकबाट तीन वटा भर्याङ राख्ने स्थानीयवासीको मागलाई स्वीकृति दिन नसकिने विभागले जनाएको छ । रणमुक्तेश्वर र जँग–हिरण्य–हेम–नारायण सत्तल आगामी आर्थिक वर्षमा पुनःनिर्माण गर्ने गरी कार्यक्रम बनाउन लागिएको बताउँदै संस्थानले परामर्शदाता नियुक्त गरेर गरेको कामको भुक्तानी विभागसँग माग नगरेको प्रवक्ता कुँवरले जानकारी दिएका छन् । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.