सोलुखुम्बुको स्थानीयस्तरमा विकास कार्यक्रम सुरु, जिल्लाभित्र २० योजना छनोट

  २०७५ मंसिर २ गते १०:४९     विकासन्युज

काठमाडौं । सोलुखुम्बुका स्थानीयस्तरमा विकासका कार्यक्रम सुरु गरिएको छ । पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक, खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न २० योजना छनोट गरेको हो ।

छनोट गरिएका योजनामा सोलुदुधकुण्ड नगरपालिकाअन्तर्गत सामुदायिक भवन निर्माण सल्लेरीका लागि १० लाख, झाप्रे पिके हुँदै वडा नं २ टाक्टोर जुनवेशी पर्यटन पदमार्ग निर्माणका लागि र २० लाख, तिङ्ला संसारीडाँडा भुद्रुङ कुर्लङ देविस्थान डाँडा सडकका लागि २० लाख र उद्धार सामग्री खरिद तथा गोदामघर जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्माणका लागि १० लाख रकम विनियोजन गरिएको छ ।

माप्यदुधकोशी गाउँपालिकाअन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाबाट माप्यदुधकोशी १ जोड्ने ओलाङघाट मोटरेबल पुल निर्माणमा ९० लाख, वडा नं ६, ७ कायाघाटमा बेलीब्रिज निर्माणमा र १० लाख र थालेम भुमेस्थान मर्मत वडा नं ६ काँकुमा र १० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी थुलुङदुधकोशी गाउँपालिकाअन्तर्गत नेले चारघरे मुक्ली जोड्ने सडक स्तरोन्नतिमा र ६० लाख रकम विनियोजन गरिएको जिल्ला समन्वय समिति सोलुखुम्बुका कम्प्युटर अधिकृत भोजनारायण राजभण्डारीको भनाई रहेको छ ।

लिखुपिके गाउँपालिकाको खानेपानी शुद्धीकरण तथा संवद्र्धन योजनाका लागि र १५ लाख, किबीखेती प्रवद्र्धनमा र १० लाख र लिखुखोला पिके पर्यटन पदमार्ग मर्मतसम्भारमा १५ लाख, सोताङ गाउँपालिकाअन्तर्गत छनोटमा परेका योजनामा सभाहल निर्माणका लागि र १५ लाख र रिमुछा पतिसेसम्मको पर्यटन प्रवद्र्धनका लागि ट्र्याकओपनमा १० लाख विनियोजन गरिएको छ ।

नेचासल्यान गाउँपालिकाअन्तर्गत छनोट भएका योजनामा खहरे मुहान श्रीचौर देवीस्थानडाँडा हुँदै केउरेनी चुहान सिँचाइ आयोजना वडा नं २ का लागि १० लाख, बोसिमखोला मुहान फुर्के चुहान खानेपानी निर्माण वडा नं ३, ४ र ५ का लागि २६ लाख र शिवमन्दिर निर्माण तथा मर्मतका लागि १० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत वडा नं २ मगरटोलमा पुल निर्माणका लागि १५ लाख रकम विनियोजन गरिएको छ ।

जिल्ला समन्वय समिति सोलुखुम्बुलाई प्रशासनिक खर्चका लागि रु चार लाख रकम सांसद क्षेत्र विकास कोषबाट विनियोजन गरिएको कम्प्युटर अधिकृत राजभण्डारीले बताएका छन् । त्यसैगरी महाकुलुङ गाउँपालिकाअन्तर्गत वडा नं ४ पोम्लालुङ पर्यटन पदमार्ग निर्माणमा २० लाख, वडा नं ५ योउ लुबुम मन्दिर भवन निर्माणमा १० लाख र वडा नं १ को हिमचुली सामुदायिक भवन निर्माणमा १० लाख रकम विनियोजन गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.