संचयकर्तालाई आवासको व्यवस्था गर्दै संचय कोष, चितवनमा घर बनाउन खटिए प्राविधिक

  २०७५ असोज १ गते १२:५६     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्तालाई आवासको पनि व्यवस्था गर्न लागेको छ । कोषले संचयकर्तालाई घर निर्माणका काम सुरु गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कर्मचारी आवास योजना सञ्चालन गर्ने योजना ल्याएपछि कोषले आफनो लगानीमा संचयकर्तालाई आवास बनाउने योजना ल्याएको हो । कुल ६ लाख संचयकर्ता रहेका छन् ।

संचयकर्तालाई आवास निर्माण गर्न प्राविधिक टोली खटिइसकेको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । कोषले चितवनमा आफनै स्वामित्वमा रहेको ४ विगाह १० कठ्ठा जग्गामा नमुना आवास बनाउने तयारी भएको उनले बताए ।

कोषले आवास ईपीसी मोडलमा बनाउने छं । सो क्षेत्रमा १५० वटासम्म आवास बन्न सकिने देखिएको छ । आवास निर्माणको काम यो वर्षदेखि सुरु हुने छ ।
चितवनमा आवास बनाउन हाम्रो एउटा प्राविधिक टिमले काम गरिरहेको छ उनले भने विस्तारै आवास बनाउदै जानेछौं । संचयकर्तालाई घडेरी खोज्ने, घर बनाउने र सारा कुरा आफैले जुटाउनु पर्ने जस्ता जटिलताको अन्त्य हुने उनको भनाई छ । कोषले आवास किन्न घर सापटी पनि दिने छ ।
कोषले बनाउने आवास अन्य कम्पनीको भन्दा सस्तो हुने छ । मूल्यमा कर्मचारीका लागि आवास योजना ल्याउन लागेको हो । लागतमा बढीमा १० प्रतिशत थपेर संचयकर्तालाई आवास बिक्री गर्ने उनले जानकारी दिए । यसबाट संचयकर्तालाई घडेरी खोज्ने, घर बनाउने र सारा कुरा आफैले जुटाउनु पर्ने जस्ता जटिलताको अन्त्य गर्ने छ । कोषले घर सापटीका लागि केही रकम दिने छ ।

आवास निर्माणका लागि कोष् आफैले लगानी गर्ने भएको छ । कर्मचारीलाई सेवा निवृत्त भएपछि डेरामा बस्नुपर्दैन भन्ने कुराको सुनिश्चित गर्न कर्मचारी आवास योजनाको व्यवस्था हुनुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई छ । कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्छ, जोखिमपूर्ण आवासमा बसेकालाई यस्तो सुविधा दिनु पर्ने उनको तर्क छ ।

न्युनतम लागतमा निश्चित मापदण्डका आधारमा आवास निर्माण गरिने उनले जानकारी दिए । कोषले चालु आर्थिक वर्षका लागि घरकर्जाको ब्याजदर बढाएर ९.७५ प्रतिशत पुर्याएको छ । कोषले आफुसंग भएको पुँजी काठमाडौं उपत्यकामा ठुला भवन निर्माणमा लगानी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.