१७ निर्जीवन बीमा कम्पनीले गरे १३ अर्ब १० करोड भुक्तानी(सूचिसहित)

  २०७५ भदौ ३१ गते १४:२०     विकासन्युज

काठमाडौं । १७ वटा निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब १० करोड ५३ लाख दावी भुक्तानी गरेका छन् । कम्पनीहरुले गत आर्थिक बर्षमा बीमा गराउने विमितहरुमध्ये दावी पेश गर्नेहरुलाई सो मात्रामा भुक्तानी गरेका हुन् । ५८ हजार २ सय ८१ वटा दावीको भुक्तानीका लागि सो रकम तिरेका हुन् ।

गत आर्थिक बर्षमा २७ हजार ९५३ वटा दावीको भुक्तानी गर्न बाँकी रहेको छ । सो दावी वापतको ८ अर्ब ८७ करोड ९ लाख रुपैंयाँ भने भुक्तानी गर्न बाँकी रहेको छ । बाँकी दावी भुत्तानी चालु आर्थिक वर्षमा हुने छ ।

सबैभन्दा बढी दावी भुक्तानी हिमालयन जनलरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको छ । हिमालयनले ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ दावी भुक्तानी गरेको हो । कम्पनीले ४ हजार ७६० वटा दावी वापत सो भुक्तानी गरेको हो । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ दावी भक्तानी गरेको छ । शिखरले ९ हजार १९२ वटा दावीका लागि सो भुक्तानी गरेको हो ।

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पनि ३ हजार ६९० वटा दावी वापत १ अर्ब २८ करोड ३६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । सबैभन्दा कम दावी भुक्तानी भने एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । गत वर्ष एभरेष्टले ३ हजार ४९३ वटा दावी वापत ११ करोड ७० लाख रुपैयाँ बराबरको भुत्तानी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.