रिडी हाइड्रोपावरले साढे ८ मेगावाट सोलार आयोजना बनाउने, १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

  २०७५ भदौ ३० गते १२:४१     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८.५ मेगावाट बिजुली सोलार प्रविधिबाट उत्पादन गर्ने भएको छ । कम्पनीले बुटवलमा सोलार आयोजना बनाएर बिजुली उत्पादन थाल्ने भएको हो ।

कम्पनीले सोलार आयोजना बनाउन बैंकबाट ऋण लिने भएको छ । आउदो असोज २० गते बस्ने १७ औं वार्षिक साधारणसभाबाट ऋण स्वीकृतका लागि प्रस्ताव पेश हुने रिडीले जानकारी दिएको छ । ऋण स्वीकृत भएपछि कर्जा लिने प्रक्रिया अघि बढ्ने छ ।

सोलार आयोजनालाई लगानी जुटाउन कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृत गर्ने छ । बोनस सेयर बाँडफाँडपछि कायम हुने चुत्तापुँजीको शत्प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीको चुत्तापुँजी ५० करोड रुपैयाँ छ ।  हकप्रद सेयर जारीपछि कम्पनीको चुत्तापुँजी १ अर्ब रुपैयाँ नाघने छ । कम्पनीले २.५ मेगावाटकाे रिडी साना जलविद्युत अायाेजना सञ्चालन गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.