२८ किलोमिटर चक्रपथमा ३ वर्षभित्र मोनोरेल, लागत ११६ अर्ब

  २०७५ भदौ २८ गते १२:४०     विकासन्युज

काठमाडौं । चक्रपथमा मनोरेल बन्ने पक्का भएको छ । चिनियाँ कम्पनी सिसिआरसीले गरेको प्रारम्भिक अध्ययनमा चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदन सार्वजनिक गरेको हो ।

मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने काठमाडौं महानगर पालिकाका पुर्वाधार विकास प्रमुख महेश काफ्लले जानकारी दिए । उनका अनुसार रेल चिनियाँ लगानीमा निर्माण हुनेछ । आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्नेछ । त्यसको ३ वर्षपछि मोनोरेलको काम सम्पन्न हुनेछ ।

प्रतिवेदनमा भौगोलिक वातावरण सबै प्रकारले उपयुक्त हुने जनाइएको छ । मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनी र महानगरपालिका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कम्पनीले मोनोरेल निर्माण सम्पन्न गरेपछि लागत खर्चको सिमीत ब्याजदर तिर्दै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.