युनाइटेड इन्स्योरेन्सले सीईओ शेखर बराललाई हटायो, कम्पनी तहसनहस बनाएको आरोप

  २०७५ जेठ ३१ गते १०:३२     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत शेखर बराललाई हटाएको छ । कम्पनी चलाउन नसकेको, कर्मचारीको विश्वास गुमाएको, व्यवसायमा गिरावट आएको, नियामक निकायसँग काम लिन नसकेको, प्रवद्र्धकहरुमाझ गुढबन्दी गरेको र केही प्रवद्र्धकको स्वार्थमा काम गरेको लगायत दर्जन आरोप उनीमाथि लागेको छ ।

गत बैशाख महिनाको पहिलो साता कम्पनीको सञ्चालक समितिको बैठकमा बरालको राजीनामा माग भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको प्रिमियम आम्दानी १२ करोड रुपैयाँ ऋणात्मक भएको, २६ जना कर्मचारीले बुझाएको राजीनामा पत्रमा प्रमुख कार्यकारी अधिकृतले पक्षपातपूर्ण र निर्दहीपूर्ण व्यवहार गरेको कारण आफूले राजीनामा दिएको उल्लेख गरेको विषयलाई सञ्चालक समितिले प्रमुख रुपमा उठाएको थियो ।

धेरै बीमा दाबी भुक्तानीमा विवाद देखिएको, पुर्नबीमा मार्फतको भुक्तानी समयमा ल्याउन नसकेको, बीमा समितिले अग्नी बीमा रोक लगाउँदा त्यसलाई फुकुवा गराउनेतर्फ प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप सञ्चालक समितिको थियो ।

सञ्चालक समितिले २४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेपछि कार्यान्वयन गराउने प्रमुख कार्यकारी अधिकृत बराल असफल भएका छन् । ‘सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा सञ्चालक समिति नै बारम्बार बीमा समिति जानु पर्ने वातावरण बन्यो । सीईओले समितिमा गएर कुरा राख्नै सकेनन्’ एक जना सञ्चालकले भने ।

राजीनामा माग भएपछि बरालले करार सम्झौता अनुसार तीन महिनाभित्र राजीनामा गर्ने बताएका थिए । राजीनामा माग भएको दुई महिनापछि उनले राजीनामा पत्र बुझाएका छन् ।

बरालले असार १ गतेदेखि लागू हुनेगरी जेठ ३० गते राजीनामा दिएका हुन् । स्रोतका अनुसार बरालले बोनस खाएर मात्र राजीनामा गरेका हुन् । उनको कार्यकाल २०७६ बैशाखसम्म थियो ।

स्रोतका अनुसार गत आर्थिक वर्षको तलबभत्ता गरी शेखर बरालले ४३ लाख ५२ हजार रुपैयाँ खाएका छन् । करिव ५ करोड संचित नोक्सानमा रहेको यस कम्पनीको यस कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित कर्मचारीले २ करोड ५७ लाख ५१ हजार रुपैयाँ बोनस खाएका छन् ।

२७ गते सम्पन्न साधारणसभामा सेयरधनीले ४ करोड ९५ लाख २१ हजार ९६१ रुपैयाँ संचित नोक्सान भएको वासलात थपडी बजाएर पास गरेका थिए । सेयरधनीले थपडी बजार पास गरेपछि बरालले सबै प्रक्रिया पुरा गरी बोनस खाएका हुन् ।

संचित नोक्सान भएपनि गत वर्ष कम्पनी नाफामा देखिएकोले बोनस ऐन अनुसार सीईओसहित सबै कर्मचारीलाई बोनस वितरण गरिएको कम्पनीका अध्यक्ष उदयकृष्ण उपाध्यायले बताए ।

सम्बन्धित समाचारहरू


शेखर बराललाई राजीनामा गर्न युनाईटेडका सञ्चालकको दबाव, विवाद नमिले हकप्रद सेयर राेकिने


बरालसँग राजीनामा मागे लगत्तै यूनाईटेड इन्स्योरेन्सद्धारा डीजीएममा भट्टराई नियुक्त


रुवायो लगानीकर्तालाई यूनाईटेड इन्स्योरेन्सले, बोनस पनि दिएन, हकप्रद सेयर निष्काशन गर्ने प्रयास असफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.