पक्राउ पुर्जी जारी गरिएका निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष यक्षध्वज कार्की अर्थमन्त्री खतिवडासंग भेटिए

  २०७५ जेठ ३० गते २२:०२     विकासन्युज

काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले पक्राउ पुर्जि जारी गरेका नेपाल निर्माण व्यवसायी महासंघको पुर्वअध्यक्ष यक्षध्वज कार्की बुधवार अर्थमन्त्री डा. युवराज खतिवडासंग भेटिएका छन् ।

गत जेठ २० गते जिल्ला प्रशासनले कार्कीलाई पक्राउ गर्न २४ घण्टे पुजी जारी गरेको थियो । उनी नेपाल कम्युनिस्ट पार्टी निकट छन् । राजनीतिक संरक्षणका लागि कार्की अर्थमन्त्री खतिवडाको शरणमा पुगेका हुन् ।

कार्कीको कम्पनी विकोई स्काई जेभीले मालपोत कार्यालय काठमाडौंको भवन निर्माण गर्न ठेक्का लिएको लामो समयदेखि सम्पन्न नगरेपछि पक्राउ गर्न पत्राचार गरेको हो ।

विकोइ स्काइले ०७३ फागनु २० गते सम्पन्न गर्ने सम्झौता गरेको थियो । उसले मालपोत कार्यलयको भवन निर्माणको ०६९ सालमा ठेक्का पाएको हो । चावहिलमा भवन निर्माण गर्न जिम्मा लिएर हालसम्म काम नगरेपछि कार्कीलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.