ओलीलाई ठेकदार सकस: बादल कारबाहीको तयारीमा, महासेठको जोगाउने अभियान

  २०७५ जेठ ३० गते १५:३०     विकासन्युज

काठमाडौं । गृह मन्त्रालयले निर्माण व्यवसायीहरुलाई थप कारबाही गर्न कार्यविधि निर्माण शुरु गरेको छ । ठेकदारलाई गृह मन्त्रालयले कारबाही गर्न पाउने वा नपाउने विवाद बढ्दै गएपछि मन्त्रालयले कार्यविधी निर्माण शुरु गरेको हो ।

निर्माण व्यवसायीहरुलाई कारबाही गर्ने आधिकारीक कानून सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत कुनैपनि दफामा पक्राउ गर्ने अधिकार गृह मन्त्रालयलाई रहेको छैन।

गृह मन्त्रालयले ठगी मुद्दा अन्तर्गत व्यवसायीहरुलाई कारबाही गर्न सक्ने उपभोक्तावादी तथा अधिवक्ता ज्योती बानियाँले बताए । ‘ठेक्काको म्याद सकिएको २ वर्ष बितिसक्दा पनि काम नगर्ने त्यसपछि मूल्यवृद्धि भयो भन्दै ठेक्कामा रकम थपिदिन अपिल गर्नेमाथि सिधै ठगी मुद्दामा गृहले कारबाही गर्न सक्छ, बानियाँले विकासन्युजसँग भने ।’
सार्वजनिक खरिद ऐन संशोधित २०७३ अन्तर्गत व्यवसायीको कम्पनीलाई कालो सूचिमा राख्ने, त्यो पनि कामको जिम्मा दिने निकायले मात्र सक्ने उल्लेख गरिएको छ ।

नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने गृहले ठेकदारमाथि थप कडा कारबाही गर्न कार्यविधि तयार गरिरहेको छ । उनका अनुसार कार्यविधि लागूमा आएपछि गृहमन्त्रालयको कार्यक्षेत्र थप पराकिलो हुने र कानूनी बाटो खुल्नेछ ।

काठमाडौं मालपोत कार्यालयको जिम्मा लिएर काम नगर्ने निर्माण व्यवसायी महासंघका पुर्वअध्यक्ष यक्षध्वोज कार्कीलाई जेठ २० गते नै सिडियो कार्यालयले पक्राउ पुर्जी दिएपनि अझैसम्म पक्राउ परेका छैनन ।

महानगरिय प्रहरी परिसर टेकुका एसएसपी विश्वराज पोखरेलले यस विषयमा आफुलाई बोल्ने अधिकार नभएको बताए । काठमाडौं सिडियो कार्यालयले काठमाडौं भरीमा आयोजनाको जिम्मा लिएर काम नगर्ने १३० भन्दा बढी कम्पनीको विवरण प्रहरीलाई बुझाइसकेको छ ।

मन्त्रालयले देशैभरी समयमै काम नसक्ने ठेकदार कम्पनीहरुको विवरण संकलन गरी केहि व्यवसायीलाई पक्राउ समेत गरिसकेको छ ।

उता सडक विभागले पनि गृहलाई ठेकदार पाक्राउ गर्न आग्रह नगरेको बताएको छ

निर्माण व्यवसायीको मन्त्री रघुवीर महासेठसँग भेट्ने तयारी

गृह मन्त्रालयले निर्माण व्यवसायीहरुलाई पक्राउ गर्दै कारबाही गर्न थालपछि महासंघले भौतिक तथा पुर्वाधार मन्त्री रघुविर महासेठलार्इ भेट्ने तयारी गरेका छन् ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माका अनुसार निर्माण व्यवसायीसँग बिहिबार मन्त्रालयले छलफल गर्ने भएको हो । उनका अनुसार छलफलमा निर्माण व्यवसायी माथि गृहले गरेको कारबाहीप्रति केन्द्रित हुनेछ ।

यो पनि हेनुहोस्

काठमाडौंका काम नसक्ने ३४२ ठेकेदारमाथी गृहमन्त्रीको नजर, को-को परे टार्गेटमा हेर्नुहोस्

यातायात मन्त्री महासेठले भने -‘मैले ठेकेदारको पनि समस्या बुझिसकेको छु’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.