सवारी साधन र इलेक्ट्रोनिक वस्तुको भन्सार दर घटाउन डब्ल्युटीओको दवाब, अर्थले भन्यो : यो वर्ष हुदैन्

  २०७५ जेठ २९ गते ९:२१     पृथराज थेगिम

काठमाडौं । विश्व व्यापार संगठन(डब्ल्युटीओ) नेपाललाई ले सवारी साधन र इलेक्ट्रोनिक समानहरुको भन्सार दरबन्दी घटाउन दवाव दिएको छ ।

डब्ल्युटीओले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत भन्सार दर घटाउन दवाब दिएको हो । नेपालले डब्ल्युटीओमा गरेको प्रतिवद्धता प्रतिकुल हुने गरी गाडी, इलेक्ट्रोनिक लगायत ४ श्रेणी अन्र्तगत ४० ओटा विभिन्न माल वस्तुको भन्सार दर बढाएपछि डब्लुटीओले सम्झौता अनुसार कायम गर्न भनेको हो ।

मन्त्रालयमा उपसचिव रामकृष्ण अधिकारीले डब्लुटीओसँग नेपालले प्रतिवद्धता जनाइसकेकोले सोही अनुसारको नियम नेपालले पनि मान्नु पर्ने बताए । ‘तर गाडी, इलेक्ट्रोनिक लगायतका विभिन्न सामाग्रीहरुमा डब्लुटीओको मापदण्ड पालना हुन नसकेको पाइएपछि हामीले अर्थ मन्त्रालयसँग भन्सार दर घटाउन भनेका हौं,’ उनले भने ‘त्यो विषयमा अर्थलाई बजेट आउन हप्तादिन अघि नै सुझाब दिएका थियौं ।’

मन्त्रालयका अनुसार सो सम्बन्धमा उच्चस्तरिय छलफलहरु भइरहेको छ । बजेटमा घोषणा भएको भन्सार दर नै कायम हुन्छ वा पुनःसंरचना हुन्छ । जारी छलफलले निक्र्याैल गर्ने उपसचिव अधिकारीको भनाइ छ । अहिलेसम्म टुङ्गोमा भने पुग्न सकेको छैन ।

उनका अनुसार व्यापार घाटा घटाउन भन्सार दर बढाउनुभन्दा पनि त्यो बाहेकका डब्ल्युटीओकै मापदण्डमा रहेर अरु विभिन्न विकल्पहरु खोज्न सकिने छ । ‘व्यापार घाटालाई सम्बोधन गर्ने थुप्रै विकल्पहरु हुनसक्छन् । त्यो विषयमा पनि छलफल भइरहेको छ,’ उनले भने ।

यता राजश्वसचिव शिशीरकुमार ढुङानाले डब्ल्युटीओले भन्सार दरबन्दी घटाउन दवाव दिएको बताए । “दवावका बावजुद यो वर्ष पनि भन्सार दर बढाएका छौं” उनले भने “उद्योग सचिवज्यूले गाह्रो भो भनिरहनु भएको छ, जे होलाहोला भनेर यो पटक ४ वटा वस्तुको दर बढाएका छौं ।”

डब्ल्युटीओमा भएको प्रावधानअनुसार नेपालले भन्सार दरवन्दी कम गर्दै लैजानु पर्ने छ । पछिल्लो समयमा सरकारले भन्सार शुल्क भन्दा पनि आन्तरिक राजश्वलाई बढी जोड दिएको छ । भन्सारबाट हुने राजश्व कम हुदै गएको छ । नेपालले विस्तारै भन्सार दरवन्दी शुन्यमा झार्ने तयारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.