ठेकेदारका नेतालाई गृहमन्त्रीका प्रश्नः काम गर्ने कि जेल जाने ?

<p>काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ठेकेदारहरुलाई मन्त्रालयमै बाेलाएर थर्काएका छन् । मन्त्रीसामु ज्ञापनपत्र बुझाउन गएका व्यवसायीहरुलाई समयमै सच्चिएर कारबाहीबाट जोगिन सुझाव दिएका हुन् । उनले काम नगर्ने  ठेकेदारलाइ जेलसमेत हाल्ने चेतावनी  दिए । थापाले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने निर्माण व्यवसायीहरुलाई स्पष्ट पारेका हुन् । उनले भने-&#8216;विगतमा [&hellip;]</p>

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ठेकेदारहरुलाई मन्त्रालयमै बाेलाएर थर्काएका छन् । मन्त्रीसामु ज्ञापनपत्र बुझाउन गएका व्यवसायीहरुलाई समयमै सच्चिएर कारबाहीबाट जोगिन सुझाव दिएका हुन् । उनले काम नगर्ने  ठेकेदारलाइ जेलसमेत हाल्ने चेतावनी  दिए ।

थापाले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने निर्माण व्यवसायीहरुलाई स्पष्ट पारेका हुन् । उनले भने-‘विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस्, यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन । ’

निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि गृहमन्त्री थापाले अब त्यस्तो रकम नदिन व्यवसायीलाई निर्देशन दिए ।

उनल थपे-‘कुन कर्मचारीले घुस माग्छ, कुन ईञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुस, उनिहरुलाई तत्कालै जेल हाल्छौं । ’’

यो पनि हेर्नुहोस्

काठमाडौंमा काम अलपत्र पार्ने २४ ठेकदार कुर्दै सरकार, बेलुकी ५ बजेसम्म नआए पक्राउ गर्ने

Share News