मोनोरेल सञ्चालनमा चिनियाँ कम्पनी सीआरसीसीको प्रस्ताव, काठमाडौंमा २ वर्षभित्र कुदाउने

  २०७५ वैशाख १५ गते १५:२१     विकासन्युज

काठमाडौ । काठमाडौंमा मनोरेल सञ्चालनका लागि आवश्यक पुर्वाधार निर्माण गर्न एक चिनियाँ कम्पनीले प्रस्ताव गरेको छ ।

काठमाडौँ महानगरापालिकामा मोनोरेल सञ्चालनका लागि सीआरसीसीले काठमाडौँं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

उहाँले भने “चक्रपथको २८ किलोमिटर सडकमा दुई वर्षभित्रमा मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि कामपाका प्रमुख विद्यासुन्दर शाक्यसँग छलफल भइरहेको छ ।”

उक्त योजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न माग प्रस्तावमा गरिएको छ । मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्र्याक र आठ वटा पुल बन्ने प्रस्ताव गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.