धितोपत्र बोर्डको पुँजीबजार मैत्री योजना

  २०७४ भदौ १८ गते ८:४४     विकासन्युज

पुँजी बजारको नियामक धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा गर्ने योजना सार्वजनिक गरेको छ । आर्थिक वर्ष सुरु भएको डेढ महिना ढिला ल्याएको योजनाले आगामी दिनमा पुँजी बजारको विकासमा सघाउने देखिन्छ । बोर्डले ल्याएको योजनाले नेपालको पुँजी बजारमा धेरै सुधार ल्याउन सक्ने देखिएको छ । बढ्दो पुँजी बजारलाई व्यवस्थित गर्न ल्याइएको योजना एक सकरात्क प्रयास हो ।
बोर्डले ल्याएका नयाँ योजनामा आगामी आर्थिक वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नेले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने व्यवस्था गर्न लागेको छ । करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने व्यक्तिले अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था ल्याउन लागेको देखिन्छ । यसले गर्दा करको दायरामा आउनेको संख्या बढ्ने देखिएको छ ।
बोर्डको अर्को महत्वपुर्ण योजना बढ्दो पुँजीबजारलाई धान्न सक्ने गरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट खाकामा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि सहजीकरण गर्ने भएको छ । बोर्ड नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न अनुमति दिने संकेत गरेको छ । यसको विरोध भइरहे पनि बोर्डले योजनामा यसलाई पनि समेटेको छ ।
यो वर्षदेखि कमोडिटी डेरिभेटिलाई नियमावली बनाई दायरामा ल्याउने, नगरपालिका ऋणपत्र निश्कासन सम्बन्धि नयाँ व्यवस्था, ऋणपत्र, अग्राधिकार सेयर बजार विकासका लागि आवश्यक प्रोत्साहनमुलक नीतिका सम्बन्धमा अध्ययन गर्ने योजना रहेका छन् । कमोडिटी बजार नेपालका लागि नयाँ भएकाले बोर्डले यसलाई थप अध्ययन गर्न आवश्यक देखिएको छ ।
बोर्डले ल्याएको अर्को योजनामा कम्पनी रजिष्टार कार्यालयको सहयोगमा धितोपत्र बजारमा लगानी गर्ने स्थापना भएकालाई नियमनको दायरामा ल्याउने भनिएको छ । धितोपत्र बजारमा गैरआवासिय नेपालीलाई लगानी खुलाउन आवश्यक कार्यविधि बनाउने योजनामा समेटिएका छन् । गैरआवसिय नेपालीले धितोपत्र बजारमा लगानी गर्न पाउनुपर्ने माग गर्दे आएकोमा अब पुरा हुने देखिएको छ । यसले पुँजीबजारमा सहयोग पुग्ने देखिन्छ
इन्टरनेटमार्फत धितोपत्र खरिदबिक्रीको व्यवस्थालाई कार्यान्वनयमा ल्याइने, दलाल व्यवसायिको कार्यक्षेत्र बढाउन मार्जिन ट्रेडिङ र धितोपत्र व्यापारी सेवा विस्तारका सम्बन्धमा अध्ययन गर्ने कुरा नीतिमा समेटिएका छन् ।
यसैगरी बोर्डले सुचिकृत संगठित संस्थाका लागि संस्थागत सुशासन निर्देशिका र सुपरीवेक्षण म्यानल बनाइ लागु गर्ने, भेन्चर क्यापिटल र प्राइभेट इक्वीटी फण्डको अध्ययन गरी नियम बनाउने तयारी गरेको छ ।
सामुहिक लगानी कोषअन्र्तगत खुलामुखी योजना प्रवेश गराउने र बोर्डको ५१ प्रतिशतसम्म लगानी हुने गरी धितोपत्र प्रशिक्षण संस्था स्थापना गर्ने जस्ता योजना छन् ।
समग्रमा पुँजी बजारको नियमन र विकासका लागि समय समयमा यस्ता नीतिगत निर्णय आउनुपर्छ । यस्ता नीतिगत निर्णयले पुँजी बजारमा सुधार ल्याउनुका साथै गलत कुरालाई सच्याउने काम पनि गरेको छ । समयको गतिसंगै पुँजी बजारलाई आधुनिकीकरणमा लैजाने काम गरेको छ ।
बोर्डले पुँजी बजारको विकासका लागि राम्रा योजना ल्याएको छ । योजना ल्याएर मात्र हुदैन कार्यन्वयन महत्वपुर्ण कुरा हो । धेरै योजना ल्याइन्छ तर कार्यन्वन हुन नसकेका धेरै उदारण छन् । आफुले ल्याएको योजनाको सफल कार्यन्वयनका लागि बोर्डले ध्यान दिन जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.