बोर्डले बाइपास गरेपछि सेन्चुरी बैंकका सीईओ तिमल्सिनाले गरे राजीनामा

  २०७४ भदौ ११ गते १५:२४     विकासन्युज

काठमाडौं । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमल्सिनाले राजीनामा गरेका छन् । सञ्चालक समितिले बाइपास गरेर डेपुटी सीईओ जीवन भट्टराईलाई बैंकको महत्वपुर्ण काम लगाएपछि असुन्तुष्टि जनाउदै तिमल्सिनाले एक साता अघि नै सीईओबाट राजीनामा गरेका हुन् । उनको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छैन् ।

सेन्चुरी बैंकका सीईओले राजिनामा गरेको आफुले पनि सुनेको नेपाल राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले जानकारी दिए । उनले औपचारिक रुपमा जानकारी आउन बाँकी रहेको बताए । सञ्चालक समितिले तिमल्सिनालाई बाइपास गरेर धमाधम डेपुटी सीईओ भट्टराईमार्फत काम गराएपछि उनले असन्तुष्ठि जनाउदै आएका थिए ।

बैंकले यस विषयमा जानकारी बाहिर ल्याएको छैन् । सहायक महाप्रवन्धक मनिष तिमल्सिनाले दुई साताअघि नै राजीनामा गरेको बैकका प्रवत्ता शेखरराज वस्ताकोटीले बताए । उनले सीईओको राजीनामाको बारेमा आफुलाई जानकारी नभएको बताए । प्रवत्ता वस्ताकोटीका अनुसार सीईओ तिमल्सिनाको कार्यकाल अझै २ वर्ष बाँकी छ ।

कान्छो बैंक सेन्चुरीलाई चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउन दवाव छ । उसको पुँजी ५ अर्ब ४६ करोड रुपैयाँ मात्र छ । सेन्चुरीले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गर्देछ । २ वटा वित्तीय संस्थालाई प्राप्त गरेपछि गत आर्थिक वर्षमा गरेको नाफाबाट बोनस सेयर वितरण गरेर चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । बैंकले गत आवमा ४४ करोड ७४ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.