पशुपति पेन्ट्सद्वारा महापर्वको रङ्गोत्सव योजनाको विजेता घोषणा

  २०७३ फागुन १८ गते १६:३६     विकासन्युज

काठमाडौं । पशुपति पेन्ट्सले दशैँ तिहारको अवसरमा आयोजना गरेको ‘पशुपति पेन्ट्स महापर्वको रङ्गोत्सव’ योजनाको विजेताको घोषणा गरेको छ । कम्पनीले बबरमहल स्थित एक कार्यक्रमको आयोजना गरी विजेताको छनोट गरिएको हो । विजेता छनोटका लागि आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक महेश कुमार मुरारकाद्वारा योजनाका सम्पूर्ण विजेतालाई सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै बधाई दिएका थिए ।

भाद्र १५ देखि मंसिरको अन्तिम सम्म आयोजित उक्त योजनामा सान्त्वना पुरस्कारका रुपमा १६ जनालाई १० तोला चाँदी । छैथौँ पुरस्कारका रुपमा ८ जनालाई ५ ग्राम सुन, पाँचौ पुरस्कारका रुपमा ८ जनालाई स्मार्टफोन, चौथौँ पुरस्कारका रुपमा चार जनालाई २ सय २० लिटरको फ्रिज र तेस्रो पुरस्कारका रुपमा चार जनालाई वासिङ मेसिनको ब्यवस्था गरिएको थियो । त्यसैगरी दोस्रो पुरस्कार विजेताले ४२ ईञ्चको स्मार्ट टेलिभिजन हातपार्ने जानकारी कार्यक्रम मार्फत दिइयो । उपहार योजनाको बम्पर उपहारका रुपमा  ३ सय ५० सीसीको रोयल एन्फिल्ड मोटरसाइकल १ जनालाई प्रदान गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.