मुक्तिनाथ विकास बैंक र साराबीच एनएफआरएस सम्बन्धी सम्झौता

  २०७५ जेठ ९ गते १८:५२     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक र साराबीच एनएफआरएस(नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डार्ड) सम्बन्धी सम्झौता भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्था(आईक्यान)ले तोकेको लेखा मापदण्ड अनुसारले वित्तीय विवरण तयार गर्नको लागि उक्त दुई संस्थाबीच सम्झौता भएको हो ।

उक्त सस्था र बैंकबीच एनएफआरएसअन्तर्गत रही बैंकको गत ३ बर्षको वित्तीय विवरण तयार गर्ने विषयमा सम्झौता भएको हो । सम्झौताको क्रममा उक्त संस्थाले बैंकलाई यस सेवा सम्बन्धमा विभिन्न किसिमका तालिम तथा आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.