नेपाल ट्रेड समीट आजदेखि शुरु, औद्योगिक विकास बारे जानकारी दिने

  २०७५ जेठ ३ गते १३:०४     विकासन्युज

काठमाडौं । राजधानीमा नेपाल ट्रेड समीट आजदेखि शुरु भएको छ । स्टल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरु एवं सरोकारवालाहरुलाई व्यवसायिक अन्तर्क्रिया गराउने उद्देश्यले उक्त समिटको आयोजना गरिएको हो ।
भोलि (जेठ ४ गते)सम्म हुने यस समीटमा नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगीहरु, सिमेन्ट र उर्जा उत्पादकहरुको सहभागिता रहने छ । जसमा ३०० भन्दा बढि प्रतिनीधीहरु, २५ भन्दा बढि प्रर्दशनकत्र्ता रहने छन् ।

जेठ ३ गते बेलुका प्राबिधिक सत्र हुनेछ भने भोलि शुक्रबार बिहान ८ः३० बजे अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख अतिथीको रुपमा समिटको औपचारिक उद्घाटन गर्नेछन् । नेपालका प्रतिष्ठित उद्योगीहरु प्रदिपकुमार श्रेष्ठ (उपाध्यक्ष क्यासी), हरिभक्त शर्मा लगायत लगानी बोर्डका कार्यकारी महाप्रसाद अधिकारी त्यसैगरि भारतीय तथा अन्य देशका प्रतिष्ठित प्रतिष्ठानहरुका प्रतिनिधीहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरि कार्यक्रममा नेपाली प्रतिष्ठीत युवा व्यवसायीहरु युवा बक्ताको रुपमा रहने छन् । स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको यस कार्यक्रममा नेपाल र क्षिमेकी मुलुकका स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका औद्योगिक बिकास बारे जानकारी दिइने छ ।

त्यस्तै, चीन तथा अन्य मुलुकहरुबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मुल्याङ्कन, यस उद्योग क्षेत्रमा नयाँ अवसरहरुका बारेमा बुझ्ने, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तीको अवस्था बारे जान्ने, निमार्ण क्षेत्रका समस्यालाई सम्बोधन गर्ने लगायत यस क्षेत्रको प्राबिधिक ज्ञानको बारे जानकारी गराइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.