एसियन लाइफ इन्स्योरेन्सको नयाँ योजना, दैनिक ९ रुपैंयाँले १० लाखको जीवन बीमा गर्न सकिने

  २०७४ कार्तिक २७ गते १२:२६     विकासन्युज

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले सरल सुरक्षा नामक जीवन बीमा योजना ल्याएको छ । कम्पनीले दैनिक ९ रुपैंयाँ भन्दा पनि थोरै बचतबाट १० लाखको जीवन बीमा गर्न सकिने योजना ल्याएको हो ।

म्यादी जीवन बीमा योजनाका रुपमा अघि सारिएको सरल सुरक्षा योजना कात्तिक २६ गतेबाट लागु भएको हो । न्युनतम १६ बर्षदेखि अधिकतम ६० बर्ष उमेर समुहका मानिसले २ लाख ५० हजारमा बीमा शुल्क तिर्नुपर्नेछ । योजनामा बार्षिक रुपमा बीमा शुल्क तिर्नुपर्नेछ ।

कम्पनीले उमेर अनुसारको बीमाशुल्क भुक्तानि गरी प्रत्येक बर्ष बीमालेख नबिकरण गराउन सकिने ब्यवस्था गरेको छ । यस अघी एशियन लाईफ इन्स्योरेन्सले १५ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याइसकेको छ । हाल कम्पनीले २५ वटा शाखा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.