तीन दिने हुन्डाई एक्स्चेञ्ज सम्पन्न

  २०७४ जेठ १० गते १८:५७     विकासन्युज

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि अन्तर्गत विराटनगर, बुटवल, धनगढी र नारायणगढ स्थित हुन्डाई शोरुमहरूमा तीन दिन लामो हुन्डाई एक्स्चेञ्ज कार्यक्रम सम्पन्न भएको छ । गत जेठ ८ गते सोमबार देखि जेठ १० गते बुधबार सम्म संचालन गरिएको उक्त एक्स्चेञ्ज कार्यक्रममा ग्राहकहरूको उत्सुकतापूर्ण सहभागीता रहेको थियो । ग्राहकहरुका लागि उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न सो एक्स्चेञ्ज क्याम्प संचालन गरिएको थियो ।

सो एक्स्चेञ्ज कार्यक्रम सँगै, हुन्डाईले आफ्ना ग्राहक सामु नगद छुट, स्पट एक्स्चेञ्ज एण्ड भ्यालुएसन र एक्स्चेञ्ज बोनस हरेक गाडिको बिक्री सँगै प्रदान गरेको थियो । साथै उक्त  कार्यक्रममा टेष्ट ड्राइभ एण्ड वीन र मनोरञ्जनका कार्यक्रमहरु समेत सम्मेलित थिए । कार्यक्रम अवधिमा प्रत्येक स्थानबाट टेष्ट ड्राइभ गरेका मध्ये लक्कि ड्र मार्फत एक/एक भाग्यसाली ग्राहकलाई कुलप्याड कुल १ स्मार्ट फोन प्रदान गरिने छ ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजनाहरु आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टलले सो हुुन्डाई एक्स्चेञ्ज योजना मार्फत आफ्नो यस प्रवृत्तिलाई निरन्तरता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.