नेपाल बैंकको एफपीओ ३१० मा किन्न सीबीआईएल क्यापिटलको प्रस्ताव

<p>काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) प्रतिकित्ता ३१० रुपैयाँसम्ममा किन्ने प्रस्ताव परेको छ । बैंकले एफपीओ निष्कासनअघि प्रत्याभूति (अण्डरराइटिङ) का लागि मर्चेन्ट बैंकर्ससंग प्रस्ताव आब्हान गर्दा सीबीआईएल क्यापिटल लिमिटेडले प्रतिकित्ता ३१० मा लिने प्रतिवद्धता जनाएको हो । बैंकले बुधबार प्रस्ताव खोल्दा सीबीआईएलको मात्र प्रस्ताव परेको थियो । अन्य मर्चेन्ट बैंकरले प्रस्ताव पेश गरेनन् । सीबीआइएलले [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) प्रतिकित्ता ३१० रुपैयाँसम्ममा किन्ने प्रस्ताव परेको छ । बैंकले एफपीओ निष्कासनअघि प्रत्याभूति (अण्डरराइटिङ) का लागि मर्चेन्ट बैंकर्ससंग प्रस्ताव आब्हान गर्दा सीबीआईएल क्यापिटल लिमिटेडले प्रतिकित्ता ३१० मा लिने प्रतिवद्धता जनाएको हो ।

बैंकले बुधबार प्रस्ताव खोल्दा सीबीआईएलको मात्र प्रस्ताव परेको थियो । अन्य मर्चेन्ट बैंकरले प्रस्ताव पेश गरेनन् । सीबीआइएलले प्रस्ताव गरेपछि एफपीओको मूल्य घटाउन सिद्धार्थ क्यापिटल लिमिटेडको अगुवाइमा केही मर्चेन्ट बैंकरले समूह बनाएर कार्टेलिङ गर्न थालेका छन् ।

उनीहरुले ०.५ प्रतिशत कमिसनमा प्रतिकित्ता २८० रुपैयाँमा बैंकका एफपीओ लिनका लागि तीब्र लविङ थालेको नेपाल बैंक स्रोतले बतायो ।सीबीआईएलको भन्दा कम मूल्यमा एफपीओको प्रत्याभूति गर्न नपाइने बैंक स्रोतको भनाई छ । “बजारमा जति कार्टेलिङ गरेपनि एफपीओको मूल्य प्रतिकित्ता ३१० रुपैयाँबाट तल घट्न मिल्दैन् ।” स्रोतले भन्यो ।

यता सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीमरप्रसाद दाहाललाई सम्पर्क गर्दा अहिले बोल्न नमिल्ने भन्दै पन्छिएका छन् ।

बैंकस्रोतका अनुसार सीबीआईएलले ४ प्रतिशत कमिशनमा प्रतिकित्ता ३१० रुपैयाँमा सकार्ने भनेको छ । बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले बैशाख २५ गतेसम्म आफुले सकार्ने सेयर हिस्सा, दर र कमिशन दर समेत खुलाई शिलबन्दी दरभाउ पेश गर्न मर्चेन्ट बैंकरलाई भनेको थियो ।

बैंकले धितोपत्र बोर्डकाे स्वीकृतिमा जानुअघि रेटिङको काम थालेको छ । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । बैंकको ग्राहक, सम्पत्ति, आम्दानी र प्रतिफल राम्रो देखिएको छ ।

गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ ।

एफपीओ निष्कासनपछि बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहनेछ । बैंकले गत चैतसम्ममा २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

Share News