अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य उकालो लाग्दै, आयल निगम भन्छ : नेपालमा अझै भाउ बढ्छ

<p>काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि नेपाल आयल निगम लिमिटेडले पछिल्लो २ महिनामा ४ पटक पेट्रोलियमको मूल्य बढाएको छ । बुधबार मात्रै निगमले पेट्रोलियमको भाउ बढाएको हो । केपी शर्मा ओली प्रधानमन्त्री भएयता ४ पटक पेट्रोलियमको भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लाग्नु र अमेरिकी डलरको थप मजवुत भएपछि यसको [&hellip;]</p>

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि नेपाल आयल निगम लिमिटेडले पछिल्लो २ महिनामा ४ पटक पेट्रोलियमको मूल्य बढाएको छ । बुधबार मात्रै निगमले पेट्रोलियमको भाउ बढाएको हो । केपी शर्मा ओली प्रधानमन्त्री भएयता ४ पटक पेट्रोलियमको भाउ बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लाग्नु र अमेरिकी डलरको थप मजवुत भएपछि यसको असर नेपाल र भारतलगायत अन्य मुलुकमा परेको छ । इण्डियन आयल कर्पोरेशन लिमिटेड (आइओसी) ले दुई हप्ताअघि तय गरेको मुल्यभन्दा अहिले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको नेपाल आयल निगमले बताएको छ ।

निगमको अनुसार दुई हप्तामा मात्रै प्रति व्यारेल कच्चा तेलको मूल्य ५ डलर बढेको छ । यसअघि १ मेमा कच्चा तेलको भाउ प्रतिव्यारेल ७३ डलर रहेकोमा अहिले मूल्य बढेर ७८ डलर पुगेको छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ निरन्तर उकालो लाग्दा यसको असर नेपालमा पनि परेको हो ।

त्यस्तै १५ दिनको अवधिमा डलरको सटही दर थप ३ रुपैयाँले बढेको छ । त्यसबेला १ अमेरिकी डलरको सटही करिब दर १०६ रहेकोमा अहिले बढरे करिब १०९ रुपैयाँ पुगेको छ ।

निगमको नाफा शून्य

निगमले सञ्चलक समितिले बुधबार रातीदेखि लागु हुने गरी पेट्रोलिय पदार्थको मूल्य समायोजन गरेको छ । मूल्य समायोजन पछि पनि निगमको नाफा शून्यमा झर्ने भएको छ । गएको पाक्षिक (१५ दिनमा) निगमलाई १० करोड ५५ लाख रुपैयाँ नाफा भएको थियो ।

निगमका प्रवक्ता वीरेन्द्र गोईतले निगमको सम्भावित पेट्रोलियम पदार्थको भैपरिआउने समस्या समाधानका साथै निगमलाई चलायमान राख्न  करिब ५० करोड रुपैयाँ मासिक नाफा हनु पर्ने बताए । ‘तर निगमको सप्लाइ नियमित राख्न पनि हामीले नाफा गुमाएर बुधबार पेट्रोलियम पदार्थको समायोजन गरेका छौं,’ उनले भने ‘पछिल्लो केही महिनालाई हेर्दा अन्तर्राष्ट्रिय बजारमा निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ ।’ उक्त सिनारियाेलार्इ हेर्दा अझै पनि इन्धनको भाउ बढ्ने देखिन्छ । ‘यद्यपि मुल्य घटे तुरुन्तै स्वचालित मुल्य विधि अनुसार निगमले मुल्य घटाउने छ,’ उनले थपे ।


दुई महिना मै चार पटक बढ्यो

गएको दुई महिनामा मात्रै पेट्रोलियम पदार्थको मूल्य ४ पटक बढेको छ । चैतयता निरन्तर पाक्षिक रुपमा पेट्रोलियम पदार्थको मूल्य बढेको हो । चैतमा प्रतिलिटर पेट्रोलको मुल्य १०३, डिजेल र मट्टीतेलको मूल्य ८३ र ८३ रुपैयाँ रहेकोमा अहिले (बिहीबारदेखि)  बढेर क्रमशः प्रतिलिटर ११० र ९३ र ९३ रुपैयाँ पुगेको छ ।

दुई महिनाको अबधिमा प्रतिलिटर पेट्रोलमा ७, डिजेल र मट्टीतेलमा १० र १० रुपैयाँ बढेको छ ।

Share News