काठमाडौँ । सरकारले दिनको २४ करोड रुपैयाँ जेष्ठ नागरिक लगायतलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । यो हिसावले सरकारले जेष्ठ नागरिक, कर्णाली, एकल महिला, विधवा, पुर्ण अशक्त अपांग, अति अशक्त अपांग, लोपोन्मुख आदिवासी जनजाती लगायतलाई ३६ लाखलाई मासिक ७ अर्ब रुपैयाँ सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
संख्या वर्षेनी बढ्दै गएको आगामी वर्षदेखि भत्ता लिनको संख्या थप हुने देखिएको छ । सामाजिक सुरक्षामा लगानी गर्ने देशमा दक्षिण एशियामा नै नेपाल अगाडी आउँछ । यस आर्थिक वर्षमा सरकारले ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई भत्ता बाहेकलाई उपचार खर्च मासिक १ हजारका दरले १ अर्ब ११ करोड १४ लाख १४ हजार दिएको छ । जसमा बार्षिक १३ अर्ब ३३ करोड ६९ लाख ६८ हजार उपचारमै खर्च भएको सामान्य प्रशासन मन्त्रालय अन्र्तगतको केन्द्रीय पञ्जिकरण विभागका सुचना अधिकारी खिमप्रसाद सुवेदीले बताए ।
उनका अनुसार भत्ता कम पाउनेमा लोपोन्मुख आदिवासी जनजाती रहेका छन् । उनीहरुलाई सरकारले २४ हजार ६२३ जनालाई ४ करोड ९२ लाख ४६ हजार मासिक भत्ता सरकारले वितरण गरिरहेको छ । जसको वर्षमा ५९ करोड ९ लाख ५२ हजार सरकाले भत्ता वितरण गरिरहेको छ ।
यस आर्थिक वर्षमा ७ अर्ब २९ करोड २७ लाख ६७ हजार २०० रुपैया भत्तामा खर्च भएको छ । जसमा ७० वर्ष नाघेका जेष्ठ गरी ३६ लाख ७५ हजार ८९ जनाले भत्ता लिएका छन् । आर्थिक वर्ष २०७३÷७४ सामाजिक सुरक्षा भत्ता बढेर दोवर बृद्धि भएको थियो ।
आर्थिक वर्ष २०७२/७३ मा ७० वर्ष नाघेका जेष्ठ गरी ३१ लाख ७१ हजार २६० जनाले सामाजिक सुरक्षा भत्ता लिएका थिए । सो वर्ष १२ अर्ब ७३ करोड ३४ लाख ८८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा ७० वर्ष नाघेका जेष्ठ गरी ३१ लाख ८७ हजार १७३ जनाले सामाजिक सुरक्षा भत्ता लिएका थिए ।
अहिले ७० वर्ष उमेर पुगेका, कर्णाली र दलित ६० वर्ष उमेर पुगेका, विधवा तथा कर्णाली, दलित, लोपोन्मुख बालबालिकालगायतले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।
कसले कति पाँउछन् भत्ता ?
जेष्ठ नागरिक (दलित) ले १ हजार , जेष्ठ नागरिक (अन्य) ले १ हजार, जेष्ठ नागरिक (कर्णाली) ले १ हजार, एकल महिलाले १ हजार, विधवाले १ हजार, पूर्ण अशक्त अपांगले २ हजार, अति अशक्त अपांगले ६ सय , लोपोन्मुख आदिवासी जनजातीले २ हजार, बालबालिका (कर्णाली र दलित) ले ४ सय , जेष्ठ नागरिक औषधि उपचार (७० वर्ष पुगेका) ले १ हजार मासिक भत्ता भाउदै आएका छन् ।
यस आर्थिक वर्षमा ९३ हजार ७१३ जना जेष्ठ नागरिक (अन्य) ९ करोड ३७ लाख १२००० हजार मासिक भत्ता भएका छन् । २ लाख ११ हजार ६११ जना जेष्ठ नागरिक (दलित कर्णाली) लाई २६ करोड ९६ लाख ६१ हजार मासिक भत्ता पाएका छन् ।
१ लाख ८५ हजार ६९ जना एकल महिला महिलाले यस आर्थिक वर्षमा १० करोड ८५ लाख ६९ हजार रुपैयाँ मासिक भात्ता लिएका छन् । ५ लाख ६७ हजार २२६ जना विधवाले ५ अर्ब १७ करोड ३३ लाख ६८ हजार मासिक भत्ता भएका छन् ।
३९ हजार ३६१ जनाले पूर्ण अपांगले ७ करोड ९२ लाख ६२ हजार मासिक भत्ता लिएका छन् । ६३ हजार २७० जना आशिंक अपांगले २६ करोड २५ लाख ४८ हजार मासिक भत्ता भएका छन् ।
२४ हजार ६२३ जना लोपोन्मुख आदिवासी जनजातीले ४ करोड ९२ लाख ४६ हजार मासिक भत्ता लिएका छन् । ४ लाख ८५ हजार ५८३ जना बालबालिका (कर्णाली र दलित) ले १९ करोड ४२ लाख ३३ हजार २ सय मासिक भत्ता लिएका छन् ।
११ लाख ११ हजार ४१४ जना ७० वर्ष नाघेका जेष्ठहरुलाई उपचार खर्च मासिक १ अर्ब ११ करोड १४ लाख १४ हजार प्रदान गरि रहेको छ ।