काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३०.८० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बुधबार कम्पनीको सो मात्राको बोनस पछिको मूल्य समायोजन गरेको हो ।
समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५१८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २०४४ रुपैयाँ रहेको थियो ।