सिद्धार्थ बैंकको दुर्इ लाख कित्ता हकप्रद लिलामीमा, १० गतेसम्म बोलपत्र पेश गर्न पाइने

<p>काठमाडौं । सिद्धार्थ बैंकले बिहीबारदेखि बिक्री नभएको हकप्रद सेयर पुनः लिलामी गर्ने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहको गरी २ लाख १४ हजार ३३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको छ । शिलवन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ १० गतेलाई तोकिएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । संस्थापक समूहको ४० [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले बिहीबारदेखि बिक्री नभएको हकप्रद सेयर पुनः लिलामी गर्ने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहको गरी २ लाख १४ हजार ३३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको छ । शिलवन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ १० गतेलाई तोकिएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

संस्थापक समूहको ४० हजार २० र सर्वसाधारण समूहको १ लाख ७४ हजार ३१५ कित्ता हकप्रद सेयर रहेको छ । गत फागुन २ देखि बैंशाख ६ गतेसम्म निष्कासन गर्दा आवेदन नपरेपछि बिक्री प्रवन्धक सिद्धार्थले लिलामी गर्न लागेको हो । हकप्रदको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

Share News