
काठमाडौं । तपाई नयाँ घर बनाउन वा किन्ने तयारीमा हुनुहुन्छ ? सस्तो ब्याजदरको खोजिमा हुनुहुन्छ ? यस्तै छोटो तथा सरल प्रक्रियाबाट कर्जा लिन चाहानु भएको छ ? अब तपाईको सपना नविल बैंकले साकार पार्ने छ ।
बैंकले नविल फास्टट्रयाक घर कर्जा योजना ल्याएर छिटो, सरल प्रक्रिया र सस्तो ब्याजमा कर्जा दिने भएको हो । वार्षिक १०.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने बैंकले जनाएको छ । यो योजना अन्र्तगत घरजग्ग खरिद वा घर निर्माण, निर्माण लागतको १०० प्रतिशत सम्म कर्जा दिने नविलले जानकारी दिएको छ ।
यस्तै बैंकले घरको मर्मत सम्भार तथा थप निर्माणमा समेत कर्जा दिने भएको छ । कर्जा अवधि १५ वर्षको हुने छ । यसैगरी रिफाइनान्स र कर्जा स्थानान्तरणको समेत सुविधा भएको बैंकले जनाएको छ । आधार ब्याजदरका आधारमा परिवर्तन हुने बैंकले जनाएको छ ।
यो योजनाका लागि बैंकले नजिकको शाखा वा ग्राहक सेवा केन्द्र पुल्चोकको फोन नम्बर ५५४२८९१ मा सम्पर्क गर्न भनेको छ ।