५०० र १००० दरका भारु साट्न भारतले नेपालसँग माग्यो थप समय

<p>काठमाडौं । कानूनी र प्राविधिक जटिलता रहेको भन्दै भारतले ५०० र १००० दरका भारु नोट सटही गर्न समय मागेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको नेपाल भ्रमणका क्रममा नेपाली पक्षले भारु सटहीका लागि प्राथमिकताका साथ कुरा उठाएको भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आउँदो असोजसम्ममा उक्त समस्या सुल्झिने विश्वास व्यक्त गरे । तर सबै [&hellip;]</p>

काठमाडौं । कानूनी र प्राविधिक जटिलता रहेको भन्दै भारतले ५०० र १००० दरका भारु नोट सटही गर्न समय मागेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको नेपाल भ्रमणका क्रममा नेपाली पक्षले भारु सटहीका लागि प्राथमिकताका साथ कुरा उठाएको भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आउँदो असोजसम्ममा उक्त समस्या सुल्झिने विश्वास व्यक्त गरे ।

तर सबै किसिमका कानुनी र प्राविधिक जटिलता अन्त्यका लागि यसअघि नै पर्याप्त छलफल भइसकेको बताउँदै नेपाल राष्ट्र बैंकका अधिकारीले भारतीय पक्षको आश्वासन पूरा हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

दुई देशबीचको औपचारिक वार्तापछि पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनका भारतीय समकक्षी मोदीलाई साक्षी राख्दै प्रतिबन्धित भारतीय नोट सटहीको विषय समाधान गर्न आग्रह गरेका थिए । सन् २०१६ नोभेम्बरमा भारतमा ५०० र १००० रुपैयाँका नोट प्रतिबन्धित गरिएको थियो । अझै बैंकिङ प्रणालीमा रहेको ७ करोड भारु नोट साट्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

भारतीय पक्षले उक्त रकम सटहीमा केही कानूनी पक्षलाई समेत विचार गर्नुपरेकोले ढिलाइ भएको बताएको रिमालले जनाए ।उनले भने, “भारतीय पक्षले हाम्रो आग्रहलाई सुन्यो। तर त्यसमा कतिपय कानुनी पक्ष छन् त्यसलाई ख्याल गर्छौँ भन्ने उहाँहरूको भनाइ छ ।

हाम्रो देशमा जम्मा भएको भारु हाम्रो कारणले नभई भारतको कारणले जम्मा भएको हो, रकम खेर जाने स्थिति नबनोस् भनेर हामीले भन्यौँ । असोज महिनासम्ममा एक ढङ्गको प्रगति हुने हाम्रो अपेक्षा छ।“ स्राेतः बीबीसी

Share News