
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
धितोपत्र बोर्डले मंगलबार संस्थालाई चुक्तापूँजी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
संस्थाले ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।