काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै पटक थप १० शाखा कार्यालयको शुरुवात गरेको छ । बैंकले खोटाङ्गको हलेसी, धनुुषाको गणेशमान चारनाथ, झापाको बाह्रदशी, मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा शाखा विस्तार गरी कारोबार शुरु गरेको हाे।

खोटाङ्गको हलेसी शाखाको उद्घाटन बैंकका पुुर्व अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गरेका छन् भने धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन बैंकका पुुर्व अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ तथा नगरका मेयर रामबाबुु यादवले संयुक्त रुपमा गरेका हुन् ।
त्यसैगरी झापाको बाह्रदशी शाखाको उद्घाटन भने बैंकका संचालक गोपी कृष्ण न्यौपानेले गरेका छन् । साथै, बैंकले मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, हलेसी र गणेशमान चारनाथ शाखामा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।
हाल बैंकले ७४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ९५ स्थानवाट ग्राहकहरुलाईसम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ । साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।