हुवावेको ‘नोभा थ्री ई’ नेपाली बजारमा, मूल्य ३५ हजार ९०० रुपैयाँ

<p>काठमाडौं । हुवावेको नयाँ स्मार्ट फोन &#8216;नोभा थ्री ई&#8217; नेपाली बजारमा भित्रिएको छ । दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको उक्त फोन हालै बजारमा आएको हो । कम्पनीका अनुसार नोभा थ्री ई फोन अगाडि र पछाडि दुबै भाग मोटो र नफुट्ने सिसाले बनेको र स्क्रिनको चारैतिर पात्लो बिजेलले घेरिएको छ । १६ मेगा पिक्सेल [&hellip;]</p>

काठमाडौं । हुवावेको नयाँ स्मार्ट फोन ‘नोभा थ्री ई’ नेपाली बजारमा भित्रिएको छ । दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको उक्त फोन हालै बजारमा आएको हो ।

कम्पनीका अनुसार नोभा थ्री ई फोन अगाडि र पछाडि दुबै भाग मोटो र नफुट्ने सिसाले बनेको र स्क्रिनको चारैतिर पात्लो बिजेलले घेरिएको छ ।

१६ मेगा पिक्सेल क्यामेरा–जडित नोभा थ्री ई सेल्फीका लागि सर्वोत्कृष्ट रहेको छ । क्यामेरालाई पोट्रेट मोडमा राख्दा नोभा थ्री ईले स्टूडियोमा खिचेकै जस्तै राम्रो सेल्फी निकाल्छ । यसमा थ्रीडी फेसियल डिटेक्सन फिचर पनि रहेको छ ।

१६एमपी र अपरटूयर अफ एफ/२.२ क्यामेराको अतिरिक्त नोभा थ्री ई मा दुई मेगा पिक्सेलको वैकल्पिक क्यामरा पनि जडान गरिएको छ, जसले यसलाई अद्वितीय सेल्फी-फोन बनाउन मद्दत गरेको कम्पनीले जनाएको छ ।

यस फोनमा अल्ट्रा न्यारो नोट्च सहित ५.८४ इञ्च ठूलो फूल भ्यिू डिस्प्लेका साथै ६२ गिगा बाईट रोम रहेको छ । २.५ कर्भड ग्लासद्धारा सुरिक्षत यो फोन एकदमै बलियो पनि छ । साथै, स्क्रिनको एस्पेक्ट रेसियो १९ः९ भएकोले यसले फोनको अग्र भागलाई ९० प्रतिशतसम्म सुरक्षा दिन्छ ।

यस फोनमा इएमयूआई ८.०, फाष्ट चार्ज २.०, अ हेडफोन ज्याक, फोजी, वाईफाई बी/जी/एन, ब्ल्यिूटुथ ४.२, ए जीपीएस एण्ड यूएसबी-ओटीजी जस्ता विशेषताहरू छन् । यो स्मार्ट फोनमा ३००० एमएएच व्याटेरी छ ।

नेपाली बजारमा यसको मूल्य ३५ हजार ९०० रुपैयाँ रहेको छ । अहिले यी फोन गाढा नीलो र निखर काला दुई रङमा मात्रै उपलब्ध छन् । साथै, केही समयपछि साकुरा फूल जस्तै गुलाबी रङमा पनि यो स्मार्ट फोन चाँडै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Share News