काठमाडौं ।अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्बन्धि सम्मेलन आइतबार सम्पन्न भएको छ । सोही दिन एसिया प्रशान्त लेखा व्यवसायीहरूको संस्थाहरुको बैंठक समेत बसेको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)द्धारा आयोजित बैठकले सम्वन्धित संस्थाको वार्षिक प्रतिवदेन पारित गर्नुका साथै आगामी रणनीतिका बारेमा छलफल गरेको जानकारी गराएकाे छ । लेखापरीक्षणको पारदर्शिता, लेखापरीक्षकहरुलाई थप जिम्मेवार बनाउने, नयाँ–नयाँ प्रविधिको प्रयोग र चुनौती लगायत विषयमा छलफल भएको आइक्यानका अध्यक्ष सिए प्रकाशजंग थापाले जनाएका छन् ।
आयोजकका अनुसार वैठकमा हरेक सदस्य राष्ट्रहरुले सम्वन्धित मुलुकको वार्षिक प्रतिवदेन प्रस्तुत गरेका थिए । उक्त वैठक यसअघिका वैठकहरुकै निरन्तरता भएको हो । सोही क्रममा वोर्ड डाइरेक्टरहरुको वैठक पनि बसेको थियो ।
वैठकमा आगामी रणनीति र कार्यान्वयनसम्वन्धमा व्यापक छलफल भएको अध्यक्ष थापाले जानकारी दिएका छन् । शनिबार सुरु भएको अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्रसम्वन्धि सम्मेलनको अन्तिम दिन अर्थात सोमबार आइक्यानले सिए शिक्षा मेला समेत आयोजना गरेको थियो ।