काठमाडौं । जनता बैंक लिमिटेडले सप्तरी जिल्लाको रुपनी शाखाबाट कारोबार शुरु गरेको छ । बैंकले शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै उक्त स्थानमा नयाँ शाखोको शुभारम्भ गरेको हो ।
यस शाखा नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा स्थापना गर्ने नीतिअनुसार खोलिएको बैंकले जनाएको छ । यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बैंकको विश्वास रहेको छ ।
साथै, यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जिबनस्तर सहज बनाउन सक्नेछन् ।
यस सँगै बैंकको शाखा सञ्जाल ११० पुगेको छ । बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।