काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि नै ओरालो लागेको बजार अन्त्य सम्म निरन्तर ओरालो लागेको छ । अन्ततः नेप्से परिसूचक १०.२८ अंकले घटेर १३३८.१७ अंकमा झरेको छ ।
अघिल्लो कारोबारको तुलनामा सेयर करोबारमा भने वृद्धि भएको छ । गत बिहीबार ३५ करोडको सेयर किनबेच भएको बजारमा सोमबार साढे ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १६३ कम्पनीको १० लाख कित्ता सेयर किनबेच भएका छन् ।
दिनभर निरन्तर रुपमा घटेको बजारमा हिमायलन डिष्टीलरी लि.का लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीका सेयरधनीले अघिल्लो दिनको तुलनामा ९.९५ प्रतिशत कमाएका छन् । त्यस्तै, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.०६ प्रतिशतले बढेको छ ।
बजारमा बीमा समूह ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक २६, माइक्रोफाइनान्स २२, हाइड्रोपावर १५ र बैंकिङ समूह १० अंकले घटेका छन् । उत्पादनमूलक २५, होटल ८ र अन्य समूह ३.६३ अंकले हरिया भएका छन् भने बाँकी समूह राताम्मे भएका छन् ।